Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

शहिद स्मृति मावि लम्कीमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ ८, २०८२
शहिद स्मृति मावि लम्कीमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न

लम्की,जेठ ८/लम्कीचुहा नगरपालिका वडा नम्बर १ पुर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा आज लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभिमुखिकरण कक्षा संचालन गरिएको छ ।

प्रहरी कार्यालय लम्की, मोतिपुरको सहयोगमा विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई ” लागू पदार्थ दुर्ब्यसनी विरुद्ध ” अभिमुखिकरण कक्षा कार्यक्रमको संचालन गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा इलाका प्रहरी कार्यालय लम्की, मोतिपुरका प्रहरी सहायक निरीक्षक अशोक चन्दले लागू पदार्थ  र मादक पदार्थ , लागू औषधका असरहरु, लागू पदार्थ तथा मादक पदार्थ दुर्व्यसनीहरुमा देखिने लक्षण्हरु, लाफु पदार्थ दुर्व्यसनबाट बच्ने उपायहरु, लागू औषधको प्रयोग तथा ओसारपसारमा संग्लग्नलाई हुने सजायका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैशी, सहायक प्रधानाध्यापक नरेश बहादुर थापा तथा शिक्षक शिक्षिका र कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय दश जनाको उपस्थिति रहेको थियो ।
पछिल्लो समय कैलाली जिल्लामा लागुऔषध दुर्व्यसनको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। दुर्व्यसनीहरूको संख्या बढ्नु, प्रयोग विधिमा परिवर्तन, कानुनी कारबाहीको सीमितता, रोकथाम र उपचारमा राज्यको कमजोर उपस्थिति र कैलालीलाई ट्रान्जिट हबको रूपमा प्रयोग गरिनुजस्ता कारणहरूले यो समस्या झनै जटिल बन्दै गएको छ। यस समस्याको समाधानका लागि समग्र र दीर्घकालीन रणनीति आवश्यक समेत रहेको स्थानीयहरु बताउछन ।

सम्बन्धित समाचार
ताजा अपडेट