Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दोदोधरा अस्पतालमा नि:शुल्क सर्पदंशको उपचार हुने

  • कैलाली दर्पण
  • बुधबार, बैशाख ३१, २०८२
दोदोधरा अस्पतालमा नि:शुल्क सर्पदंशको उपचार हुने
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पतालले सर्पदन्श उपचार सेवा संचालन गर्ने भएको छ ।

अस्पतालले सर्पदन्श उपचार तथा ब्यबस्थापन सम्बन्धी सेवा संचालन गर्ने अनुमति प्राप्त गरी उपचार संचालनका लागि आवश्यक सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरीसकेको छ ।
सुदुरपस्चिम प्रदेश सरकार जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त सर्पदन्श उपचारमा प्रयोग हुने मेडिकल सामाग्री ग्रहण गर्दै उपचार सेवा छिट्टै संचालनहुने पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी गराउनु भएको हो ।

सर्पदन्शको उपचार नपाएर मृत्युवरण गर्नु पर्ने अवस्था रहेकोले बर्दगोरिया तथा आसपास क्षेत्रका जनतालाई सेवा दिन सकिन्छ भन्ने उदेश्यले यो सेवाको सुरुवात गर्न थालेको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी गराउनु भएको छ । बर्दगोरियाका जनतालाई सर्पदन्शको उपचार गराउन गौरीगङा पुग्नका लागि खर्च बढि बस्न जाने र समयमा सर्पदन्शको बिरामी पुर्याउन नसकेर बाटोमै ज्यान जानसक्ने जोखिमलाई अन्त्य गर्नका लागि यो सेवा संचालन गरेको कुँवरले बताउनु भएको छ ।

सर्पदन्श उपचार व्यवस्थापनका लागि सम्पुर्ण तयारी पुरा भएको र अब उपचार गर्न सकिने कुरा दोदोधरा अस्पतालका मेडिकल अधिकृत किशोर कुमार अधिकारीले जानकारी गराउनु भएको छ । अस्पतालमा हाल पनि २४ घन्टा ईमरजेन्सी सेवा संगै अँखाको उपचार पुर्ण रुपमा निःशुल्क संचालनमा रहेको छ । सर्पदन्शको उपचार पनि पुर्ण निशुल्क नै रहने मेडिकल अधिकृत अधिकारीले जानकारी गराउनु भएको छ ।

नमुना पालिकाको रुपमा बिकशित हुँदै गएको बर्दगोरिया गाउँपालिकाले एक पछि अर्को राम्रो कामको सुरुवात गर्दै आएको छ । पालिकाले आफ्ना नागरिकको स्वास्थ्य र सर्पले कतै ड्सेमा अकालमै ज्यान गुमाउन नपरोश भन्ने उद्देश्यले सर्पदन्श उपचार सेवा संचालन गर्न लागेको हो । अब उपरान्त सर्पले डसिहाले तुरुन्तै बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालमा उपचार गराउन ल्याउन सबैमा अनुरोध समेत गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट