Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

५० प्रतिशत अनुदानमा बर्दगोरियाका किसानलाई धानको बीउ वितरण

  • कैलाली दर्पण
  • सोमवार, बैशाख २२, २०८२
५० प्रतिशत अनुदानमा बर्दगोरियाका किसानलाई धानको बीउ वितरण

बर्दगोरिया/ कैलालीको बर्दगोरिया गाउँपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

प्रतीकट्ठा सर्जु बाउनको १०५० र सावामन्सुली प्रती कठ्ठा ११७० का दरले किसानलाई बीउ वितरण गरिरहेको हो ।

बर्दगोरियाका किसानलाई धान रोप्ने समयमा बिउको अभाव नहोस भन्दै समयमै बीउ बितरण गरेको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । धानको उत्पादन तथा बीउमा गुणस्तरका लागि पालिकाले बिउ वितरण गर्न लागिएको बताउनु भयो ।

उहाँका अनुसार पालिका भित्रका किसानको मागका आधारमा धानको बीउ खरिद गरी अनुदानमा वितरण गरिरहेको हो ।

कृषि विकास शाखाका अनुुसार सर्जु बाउन र सावा मन्सुली जातका धानको बीउ खरिद गरिएको हो । कृषि बिकाश शाखा प्रमुख रावतका अनुसार संघ प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न धानको बीउ वितरण गरिएको हो ।

कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन गाउँपालिकाले समय समयमा अनुदानमा बीउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ । बीउ बितरण कार्यमा बर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट