बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको बर्दगोरिया सामुदायिक बन उपभोक्ता समुहको ७ औं बार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बिरु देवि जोशिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक रहनु भएको थियो ।
सामुदायिक बनका उपाध्यक्ष कौशी कामिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन बन कार्यालय बौनियाका फरेस्टर राम बहादुर रावल, भलमन्सा बिन्तिराम चौधरी लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य कलावती रेग्मी, वडा सदस्य मोहन डगौरा र धौली देबि बि क को सहभागिता रहेको थियो ।
कार्यक्रममा सामुदायिक बनले आर्थिक बर्ष २०८०/०८१ को ४ लाख, २६ हजार ७७ रुपैयाँ बराबरको आय व्यय समुहका सचिव नवीन ढुंगानाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन समुहका सचिब नवीन ढुंगानाले गर्नु भएको थियो ।