Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

  • कैलाली दर्पण
  • बिहिबार, चैत्र २६, २०८२
तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ जम्मा ७ सय रुपैयाँ बढेको छ । गत बिहीबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट