१४ चैत / सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ। यसको सट्टा विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्र स्थापना गरिनेछ।
सरकारको १०० कार्यक्रमको शासकीय सुधार कार्यसूची अनुसार, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न र विद्यार्थीको वास्तविक आवाज समेट्न यो कदम चालिएको हो।
मुख्य निर्णयहरू:
१)दलीय विद्यार्थी संगठन ६० दिनभित्र हटाइने।
२)९० दिनभित्र विद्यार्थी काउन्सिल स्थापना गरिने।
३)स्नातकसम्मको अध्ययनका लागि विद्यार्थीलाई नागरिकता आवश्यक नहुने।
४)कक्षा ५ सम्मको आन्तरिक परीक्षा बन्द, मूल्याङ्कन प्रणाली विद्यार्थीमैत्री हुने।
सरकारले यसरी शैक्षिक गुणस्तर सुधार र विद्यार्थी केन्द्रित शिक्षा प्रणाली सुनिश्चित गर्ने लक्ष्य राखेको छ।