नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।
उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो।
अस्पताल स्रोतका अनुसार केही समयदेखि मोहनप्रसाद ओली अस्वस्थ रहँदै आउनुभएको थियो। उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ।
आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।