Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल-६ मा कालिका भगवती मन्दिर शिलान्यास

  • कैलाली दर्पण
  • शनिबार, पुस २६, २०८२
मोहन्याल-६ मा कालिका भगवती मन्दिर शिलान्यास

२६पुस/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर -६ सोल्टामा कालिका भगवति मन्दिरको शिलान्यास गरिएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले बिधिवत रूपमा मन्दीरको शिलान्यास गरेका हुन ।
मन्दीर निर्माणकार्य रास्कोटी ठकुरीहरुको सामाजिक संस्था मलय बर्मा स्मृति अध्ययन प्रतिस्ठान नेपाल लम्कीचुहा २ कैलालीले माग गरे बमोजिम पालिकाले बजेट बिनियोजन गरेको थियो ।

गाउँपालिकाले गाउँ सभाबाट ४ लाख २० हजार र वडा नम्बर ६ को वडा कार्यलयले १ लाख बजेट बिनियोजत गरेर मन्दिर कुल ५ लाख २० हजार रुपैयाँमा निर्माण हुने भएको छ । सो कालिका भगवतीको स्थापना २०२७ साल स्वर्गीय गोपी शाहीले गर्नु भएको थियो।

मन्दिर निर्माणकार्य समितीका अध्यक्ष जय बहादुर शाहीको सभापतित्वमा भएको  कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय रहनु भएको थियो। अतिथी हरुलाइ स्वागत मन्तव्य वडा सदस्य मन बहादुर शाहीले गर्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट