Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दशैं-तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, अशोज २९, २०८२
दशैं-तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२९ असोज/बडा भैरव भाई समाज बाँके,बर्दिया तथा रास्कोटी शाही ठकुरी समाज सुर्खेतले विजया दशमी शुभ-दिपावली नेपाल संवत् एवम् छ्ठ पर्व २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार कोहलपुरको गाभर होमस्टेमा आयोजित रास्कोटि शाही समाज सुर्खेतका अध्यक्ष भक्त बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी जाजरकोट क्षेत्र नं. २ बाट निर्वाचित पुर्ब प्रतिनिधि सभा सदस्य  कृष्ण बहादुर शाही,बिशिस्ट अतिथीहरु बैजनाथ गाउँपालिका बाँकेका अध्यक्ष प्रकाश बहादुर शाही, मलय बर्मा स्मृति प्रतिस्ठान नेपालका अध्यक्ष लिलाराज शाही, ठ्कुरी समाज नेपालका उपाध्यक्ष भद्र बहादुर शाही, बासगढी नगरपालिका ९ का वडा अध्यक्ष चन्द्र बहादुर शाही,रास्कोटी शाही समाज सुर्खेतका सचिब प्रकाश कुमार शाही लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा समाजसेवा र रास्कोटी ठकुरी बंश,गोत्र खोजी कार्य बिस्तारमा योगदान गर्नु हुने पुर्व प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर शाही,जेष्ठ सदस्य प्रेमबहादुर शाही,जैसरा शाही बर्तमान जनप्रतिनिधि हरुमा बैजनाथ गाउपालिका अध्यक्ष प्रकाश बहादुर शाही,बासगढी नगरपालिका ९ का वडा अध्यक्ष चन्द्र बहादुर शाही सहित ५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।

बडाभैरव भाइ समाज कोहलपुरकी अध्यक्ष कोपिला शाहीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा शुभकामना आदानप्रदान सँगै कार्यक्रममा बोल्ने बक्ताहरुले राज्य संचालनका क्रममा बर्मा बाट ,बम्म,शाही,शाह,सिंह,बम मल्ल,राया,रास्कोटी सेन उपाधी बाट आ-आफ्नो राज्यको पहिचान गराएका थिए ।

यसैगरी देशभर रहेका मलय बर्माका सन्ततीहरुको एकरुपता ल्याउन बंश ,गोत्र ,कुलदेउता सम्बन्धी बृहत छलफल र खोज अनुसन्धान गरि  पुस्तक प्रकाशित गर्नुपर्नेमा सुझाव दिएका छन् ।

सिंजा साम्राज्यका सम्राट बडेराजा मलय बर्माका सन्नतती हरुले  बाइसे,चौबिसेमाराज्यकालमा ,खाडाचक्र ,दुल्लु,बेलासपुर,सान्नी,जाजरकोट ,सल्यान ,रुकुम ,धुलीकोट ,पर्बत,बाग्लुङ कास्कीकोट लगायत ठाउँमा राज्य स्थापना गरी राज्य संचालन गरेका थिए ।

कार्यक्रममा कैलाली बाँके,बर्दिया, सुर्खेत,दैलेखका रास्कोटी ठकुरी भाइबन्धु हरुको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको संचालक गणेश शाहीले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट