बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ ।
धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि गाउँपालिकाले शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताउनुभयो ।
पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जन्ताको सहजताका लागी चिस्यान सेवा सञ्चालन गर्ने भनिएअनुसार सो सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।
शव चिस्यान सेवालाई निरन्तरता दिने बताउँदै विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको कुँवरको भनाई रहेको छ।
बर्दगोरिया गाउँपालिकाले सञ्चालन गरेको शव चिस्यान यन्त्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज हुने विश्वास लिइएको छ ।बर्दगोरियामा रहेको दोदोधाराअस्पताल बाट निःशुल्क रुपमा शव चिस्यान सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ
अध्यक्ष कुँवरले भन्नुभयो यो सेवा सुरु भएसँगै धेरै दिनसम्म शव राख्न नसक्ने समस्याले विदेशमा रहेकाहरूले आफन्तको मृत्यु हुँदा फर्केर आउदा सम्म मुख समेत देख्न नपाउने अवस्थाको अन्त्य हुने छ ।
साथै पालिकाले आर्यघाट सम्म पुगाउन महाप्रस्थान यान र शव बाहन समेत संचालनमा ल्याएको छ र मृतक परिवारलाई किरिया खर्च वाफत नगद दश हजार प्रदान गर्दै आएको छ ।
