Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

टीकापुर खानेपानीको अध्यक्षमा धामी र सचिवमा खड्का निर्वाचित

  • कैलाली दर्पण
  • आइतवार, भदौ १, २०८२
टीकापुर खानेपानीको अध्यक्षमा धामी र सचिवमा खड्का निर्वाचित

१ भदौ/  टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा खड्ग धामी निर्वाचित भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षका प्रतिस्पर्धी तीनजना उम्मेदवारलाई ५ शय ५२ मत अन्तरले पछि पार्दै धामी आगामी तीन वर्षका लागि अध्यक्षमा १ हजार २ शय ३८ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी सरिता रावल थापाले ६ शय ८६, सिर्जना शर्मा पण्डितले ४ शय ४४ र विश्राम थारुले ३ शय ८८ मत प्राप्त गरेका छन् ।

वर्तमान कार्यसमितिमा कार्यवाहक अध्यक्ष रहेकी पण्डित, कोषाध्यक्ष रहेका थारु र सदस्य रहेकी थापालाई पछि पार्दै सदस्य धामी अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा सीतादेवी चौधरी १ हजार ५१ मत सहित निर्वाचित भएकी छन् । उपाध्यक्षका प्रतिस्पर्धीहरु गोमा घर्तीमगरले ६ शय ७७ र मगनी चौधरीले ६ शय २२ मत प्राप्त गरेकी हुन् ।

संस्थाको सचिवमा प्रकाश खड्का १ शय १२ मतको अन्तरले निर्वाचित भएका छन् । उनले ७ शय ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धी अम्मरसिंह रावलले ६ शय ६१ मत, मनिष बलायरले ५ शय ७२ मत, मञ्जितसिंह रावलले ३ शय ६० मत र खगेन्द्र रिमालले २ शय ६४ मत प्राप्त गरेका हुन् ।

संस्थाको कोषाध्यक्षमा हिरासिंह विष्ट १ हजार १ शय १० मत सहित निर्वाचित भएका छन् । कोषाध्यक्षका प्रतिस्पर्धी बलबहादुर विश्वकर्माले ६ शय १५ मत, सुमनकुमार न्यौपानेले ४ शय ८७ र गोपालबहादुर थापाले ३ शय ९० मत प्राप्त गरेका छन् ।

तीन जना खुल्ला सदस्यका लागि भएको निर्वाचनमा बमबहादुर ओली, तेजे ठकुल्ला र डम्बरबहादुर नायक निर्वाचित भएका छन् । ओलीले ९ शय ७८ मत, ठकुल्लाले ९ शय ३१ मत र नायकले ७ शय ७५ मत प्राप्त गरेका हुन् ।

निर्वाचन समितिका अनुसार सदस्यका प्रतिस्पर्धी सुन्दर चौधरी ७ शय ६ मत, लोक बहादुर बुढा क्षेत्री ६ शय ५४ मत, जगदिश प्रसाद भण्डारी ४ शय ५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै काशीराम कार्की ३ शय ७२ मत, मेगेन्द्र बहादुर बोगटी ३ शय ६७ मत, मनिराम डगौरा थारु ३ शय १८ मत, शंकर बहादुर लोहार ३ शय ५ मत, पतिराम थारु ३ शय १ मत, वृन्दा कुमारी बराल २ शय ४९ मत, केबलसिंह जनाला २ शय ३४ मत र मेघराज जोशीले २ शय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै दुई महिला सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका आठ जना सदस्यहरुमध्ये जानकी आचार्य र जाल्पा भट्टराई निर्वाचित भएका छन् । आचार्यले ९ शय १२ मत र भट्टराईले ७ शय ६७ मत ल्याई विजयी भएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार माया सुनार ६ शय ६० मत, सोनम कुमारी शाही ५ शय ८७ मत, दिलु घर्तीमगर ४ शय १९ मत, लक्ष्मी चौधरी ३ शय ७१ मत, पार्वती कुमारी चौधरी ३ शय ५३ मत र उर्मिला चौधरी ३ शय ३२ मत प्राप्त गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ मा खानेपानी सुविधा पुर्याउँदै आएको संस्थाको निर्वाचनमा कुल ६ हजार ९ शय ४० सदस्यहरु मध्ये ३ हजार ५ शय ९३ मत खसेको थियो ।

निर्वाचित हुने सम्पुर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं  ।

सम्बन्धित समाचार
ताजा अपडेट