कैलालीको मोहन्याल गाउँपालिकाले आर्थिक आ.व .२०८१/०८२ को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम मोहन्याल-१ चायाभावरमा सम्पन्न गरेको छ ।

कार्यक्रम गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्यायको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
प्रशासन शाखा प्रमुख तेजबहादुर शाह को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पालिकाको बार्षिक प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय रुपेश कुमार शर्मा बराल, प्राबिधिक शाखा प्रमुख योगेन्द्र भन्डारी, बिधालय निरीक्षक टेकबहादुर साउद, स्वास्थ शाखा प्रमुख महेन्द्र शाही, प्रशासन शाखा प्रमुख तेजबहादुर शाह, रोजगार शाखा प्रमुख एकेन्द्र भन्डारी, कृषि तथा पशुसेवा शाखा प्रमुख दीर्घ बहादुर रावल, बिपद ब्यबस्थापन शाखा प्रमुख शिवराज बि.क , सूचना प्रबिधि तथा जीन्सी शाखा प्रमुख भिम बिस्ट, राजस्व शाखा प्रमुख बिवेक पङ्गाली,महिला तथा वालबालिका शाखा का कार्यवाहक प्रमुख टिकाराम पौडेल , पन्जीकरण शाखा प्रमुख भद्र प्रशाद अधिकारी, न्यायीक समिति को रतन माझी लगायतले आ आफ्नो शाखा को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइका लागि सेवाहरु बाट सेवाग्राही तथा नागरिक प्रतिवेदन र बहिर्गमन को प्रतिवेदन सहजकर्ता लिलाजंग शाहीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टेकबहादुर अधिकारी,खगेन्द्र बहादुर शाही,रेखा बुढाथापा,गणेश घर्तिमगर भरत कठायत, नृप बहादुर शाह लगायत का सेवाग्राहीले ,योजना ,शिक्षा ,भुमी सम्बन्धि ,सडक निर्माण ,रोजगार , स्वास्थ , योजनाको भुक्तानी सम्बन्धि ,अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत,विद्यालय निरीक्षक , स्वास्थ शाखा प्रमुख भुमी शाखा प्रमुख ,लेखा अधिकृतलाई जिज्ञासा राखेका थिए । सेवाग्राहीको जिज्ञासा सहितको जवाफ शाखा प्रमुखहरुले दिनु भएको थियो ।
समग्र सेवाग्राहीको प्रश्नको प्रतिबद्धता जवाफ दिदै गाउँपालिका अध्यक्ष उपाध्यायले आफू निरन्तर मोहन्याल गाउँपालिकाको समग्र बिकास लाई जोड दिदै बिधुतीकरण ,सडक निर्माण , सिचाइ , शिक्षा, स्वास्थ्य ,खानेपानी र युवा लाई सिपमुलक तालिम दिई रोजगारी सृजना गर्ने योजना भएको बताएका छन ।
इमान्दारी पुर्वक काम गर्ने कर्मचारी को उच्च मुल्यांकन गर्ने कामचोर कर्मचारीलाई कारबाही गर्ने समेत बताए का छन् । आगामी दिनमा मोहन्याली जनताको गुनासो नआउने गरी जनता को माग र भावना अनुसार बिकास निर्माणकार्य गर्ने प्रतिबद्धता जनाएका छन ।
सार्वजनिक सुनुवाइ कार्यक्रम को सहजीकरण कोसेली एफएम का प्रबन्धनिर्देशक लिला जंग शाहीले गरेका थिए । सेवा ग्राहीहरुको गुनासो हरु संकलन टिप्पणीकर्ता कोसेली एफएमका समाचार प्रमुख कृष्ण प्रशाद ओझाले गरेका थिए ।
कार्यक्रमको संचालन संघीय न्यूजका संचालक कृष्ण थापाले गरेका थिए । कार्यक्रममा सेवाग्राही ,कर्मचारी ,पत्रकार सहभागिता रहेको थियो ।
