Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णालीको पानी लम्कीबासीलाई :मन्त्री यादवद्वारा आज शिलान्यास गरिदै

  • कैलाली दर्पण
  • आइतवार, असार २९, २०८२
कर्णालीको पानी लम्कीबासीलाई :मन्त्री यादवद्वारा आज शिलान्यास गरिदै

कैलालीको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि. लम्कीको महत्वकांक्षी योजनालाई ‘कर्णालीको पानी लम्कीवासीलाई’ आज आइतबार शिलान्यस गरिदै छ । योजनाको दास्रो चरणको कामको नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवद्वारा आज शिलान्यास गरिने संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेले जानकारी दिएका छन् ।

  अध्यक्ष तेज बहादुर चलाउनेले भने, ‘हामीले लम्कीवासीलाई २४ घण्टा कर्णालीको पानी उपलब्ध गराउने योजना सुरु गरेका थियौं । अहिलेको खानेपानी प्रणाली दीर्घकालीन नदेखिएपछि धेरै अध्ययन र अनुसन्धान गरेर कर्णाली नदीलाई प्रमुख स्रोत बनाई यो योजना अघि बढाएका हौं । तीन चरणमा योजना निर्माण हुँदैछ । पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ र अब दोस्रो चरण सुरु हुँदैछ, जसको आइतबार माननीय खानेपानी मन्त्री प्रदीप यादव ज्यूले शिलान्यास गर्नु हुने भएको छ।।’

पहिलो चरण अन्तरगत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्यांकी र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख ढकालका बताए ।

शिलन्यास हुने दोस्रो चरणको कामको ठेक्का सम्झौता भएको छ । कार्यालय प्रमुख जगनाथ ढकालका अनुसार सुप्रिम जय माता जे.भी. काठमाण्डौंसँग २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा ठेक्का भएको छ । २०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुईवटा ओभर हेड ट्यांकी, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुने छ । । यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य लिए को छ।।

 अब तेस्रो चरणको काम हुन बाँकी छ । तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई योजनाले पूर्णता पाउने छ, र १५ हजार घरधुरीमा २४ सैं घण्टा कर्णालीको पानी लम्कीवासीका घरको धारामा पुग्ने भएको छ!।

  अध्यक्ष तेज बहादुर चलाउनेले भने, ‘हामीसँग रहेको खानेपानी प्रणाली लगभग धराप पर्ने अवस्थामा पुगेको थियो । आसपासका धेरै खानेपानी संस्थाहरू बन्द भइसकेका छन्, हाम्रो पनि त्यही स्थिति आउन थालिसकेको थियो । यस्तै चुनौतीकाबीचमा धेरै मेहनत र प्रयास गर्दै कर्णाली पानी योजना अघि बढाएका हौं । यसमा हाम्रो मात्र होइन, जनप्रतिनिधि र उपभोक्ताहरूको पनि ठूलो योगदान छ । अब दोस्रो चरणको काम २०८५ असारभित्र सक्ने लक्ष्य छ । त्यसपछि तेस्रो चरण सुरु हुनेछ । सबै काम पूरा भएपछि, अबको पाँच वर्षभित्र करिब १५ हजार घरधुरीमा २४ सैं घण्टा कर्णाली नदीको शुद्ध पानी पुग्नेछ ।’

 २०७६/७७ सालमा लम्कीचुहा नगरपालिका अन्तरगतको वडा नं. १,२,३ को बल्चौर,व्यवस्थितनगर र वडा नं. ५ को राजीपुर क्षेत्रका करिब १५ हजार घरधुरीमा कर्णाली पानी पुगाउने उदेश्यका साथ डीपीआर गरिएको थियो । तत्कालिन समयमा ९० करोड लागत अनुमान गरिएको कर्णालीको पानी लम्कीवासीलाई खानेपानी योजनालाई तीन चरणमा विभाजन गरि निर्माण कार्यको सुरुवात २०८० फागुनबाट गरिएको हो ।

 कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत स्वयं खानेपानी सँस्था र बाँकी रहेको ५ प्रतिशत सम्बन्धि स्थानीय सरकारले व्यहोर्ने गरी सह लागनीमा योजनाको निर्माण तिर्व गतिमा  खानेपानी सस्थाले जानकारी दिएको छ।।

सम्बन्धित समाचार
ताजा अपडेट