Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिकाले मनायो २२ औं राष्ट्रिय धान दिवस

  • कैलाली दर्पण
  • आइतवार, असार १५, २०८२
बर्दगोरिया गाउँपालिकाले मनायो २२ औं राष्ट्रिय धान दिवस

बर्दगोरिया/ कैलालीको बर्दगोरिया गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा वडा नम्बर २ मा “धान बालीमा सघनता खाद्यसुरक्षा र आत्मनिर्भरता”भन्ने मुल नाराका साथ २२औं राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर , नेकपा एमाले केन्द्रीय सचिव तथा सुदुरपस्चिम इन्चार्ज लेखराज भट्ट ,नेकपा एमाले सुदुरपस्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जोशी,पालिका उपाध्यक्ष गणेश राज गिरि, वडा अध्यक्षहरु, कर्मचारी , सञ्चारकर्मी लगायत स्थानीयहरूको उल्लेखनीय सहभागिता थियो ।प्रत्येक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँएको हो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

सम्बन्धित समाचार
ताजा अपडेट