कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
भजनी सुखड सडकखण्ड अन्तरगत घोडाघोडी नगरपालिका–३ निम्दीमा सोमबार साँझ करीब पौने ८ बजेको समयमा सुुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री अन्दाजी ५५ वर्षीय मान बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लागि घोडाघोडी अस्पताल, सुखडमा पौने ९ बजेतिर मृत्यु भएको जानकारी दिए ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका –७ बस्ने २५ वर्षीय भरत बहादुर बम पनि घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मण बहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ