लिलाराज शाही,जेठ ११/कैलालीको सामुदायिक विद्यालयमा श्रीमान-श्रीमती नै प्रधानाध्यापकमा नियुक्त भएका छ्न ।
जिल्लाको लम्कीचुहा नगरपालिकाको पहिलो माध्यमिक विद्यालय श्री राष्ट्रिय नव जागृत माध्यमिक विद्यालय हिरापुर चुहाको प्रधानाध्यापकमा गौरी कुमारी कुँवर बिस्ट नियुक्त हुनुभएको छ ।
कुँवर २०७२ साल पौष महिनामा गर्जेपानी माध्यमिक विद्यालय केदारस्यूँ गाउँपालिका बझाङमा कार्यरत हुनुहुन्थ्यो । उहाँ माबी स्थाइ तृतीय श्रेणी माध्यमिक तहको अर्थशास्त्र विषयको लागि नियुक्त हुनु भएको थियो ।
उहाँ २०७६ साल असार देखि श्री राष्ट्रिय नव जागृत माध्यमिक विद्यालय हिरापुर-चुहामा सरुवा भइ आउनु भएको हो।
लम्कीचुहा नगरपालिकाले स्थानीय शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार शैक्षिकसत्र २०८२ को सुरुवातमै माबी,निमावि ,प्राबी र बालबिकास सहित एकै पटक २ सय ११ जना शिक्षकलाई नगरपालिकाका विभिन्न विद्यालयमा सरुवा गरेको थियो।
सोही अनुसार चुहाका प्रधानाध्यापक बिजयलाल कर्णको श्री जन जागृती माध्यमिक विद्यालय चौरी सरुवा र चुहामा राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरका प्रधानाध्यापक लोकराज पन्थीको सरुवा भएको छ। सिनियर लोकराज पन्थीले प्रधानाध्यापक पद अस्वीकार गरे पछि प्रधानाध्यापकमा कुँवरलाइ प्रधानाध्यापक बन्ने मार्ग खुल्ला भएको हो ।
यस्तै श्री राष्ट्रिय माध्यमिक विद्यालय गप्काको प्रधानाध्यापकमा संघीय अनुदान कोटामा माध्यमिक तहमा नियुक्त बिज्ञान विषयका शिक्षक भद्र बहादुर बिस्ट लाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्त गरेको छ ।
प्रधानाध्यापक बिस्ट २०६४ सालमा सोही विद्यालयमा निजी श्रोतमा नियुक्त भएका थिए ।
प्रधानाध्यापकमा नियुक्त भएका बिस्ट र कुँवर २०६९ सालमा वैवाहिक जीवनमा बाँधिएका थिए ।
२०८२ सालमा श्रीमान श्रीमती नै माध्यमिक विद्यालयको प्रधानाध्यापक हुन सफल भएका छन ।