Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले १० लाख सहयोग गर्ने

  • कैलाली दर्पण
  • शनिबार, बैशाख १३, २०८२
अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले १० लाख सहयोग गर्ने

१३बैशाख/अछामको साफेबगर बजारमा रहेको हाटबजारमा शनिबार बिहान भएको आगालागीबाट पीडितलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितलाई आगलागीबाट पीडित भएकाहरुलाई तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

शनिबार बिहान साँफेबगर नगरपालिका–३ मा रहेको हाटबजारमा विद्युत सर्ट भएर आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए । स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । उक्त आगो जस्ता पाताले छाएका अन्य पसलमा समेत फैलिएको थियो ।

प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६बजे मात्र आगो नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट