Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुको मतदान सम्पन्न

  • कैलाली दर्पण
  • बुधबार, चैत्र २७, २०८१
अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियुको मतदान सम्पन्न

२७ चैत/कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सम्पन्न भएको छ।

आज विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिएको हो ।

 १ हजार १ सय २८ मतदाता रहेको दुर्गा लक्ष्मी क्याम्पसमा८ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

 स्ववियुको निर्वाचनका लागि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन ।

५ विद्यार्थी संगठन मिलेर बनेको संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विकले प्यानल सहित उम्मेदवार दर्ता गराएका छन भने नेविसंघबाट सभापतिमा भुवन महराले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् ।

अखिल क्रान्तिकारीबाट सचिवमा अनेरास्ववियुका गणेश नाथ योगीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकै दीपिका जोशीले उम्मेदवारी दर्ता गराएकी छन् ।

उक्त प्यानलमा समाजवादी, वैद्य, विप्लव, अखिल छैटौँका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । सदस्यमा नीरज मडै, डम्मरी ओली, भागरथी खड्का, कमला कुमारी दर्लामी, सोहित खनाल, धिरज बोकटी र सावित्री कामी रहेका छन् ।

यस्तै नेविसंघबाट सचिवमा ज्योति शाहु र कोषाध्यक्षमा सोनिया शाहले उम्मेदवार दिएकी छन् । सदस्यमा बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा र कल्पना साउँद रहेका छन् ।

सभापतिका उम्मेदवार भुवन यसअघिको निर्वाचनबाट स्ववियु सभापति निर्वाचन भएका थिए भने बम पनि यसअघि सचिवमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट