२५ चैत/कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र प्यानल बनाएर निर्वाचन लडेका तेज मल्लको प्यानलले नेविसंघका उम्मेदवार सन्तोष पन्तलाई सघाउने भएको छ ।
कैलाली बहुमुखी क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले माहोलले तातेको छ । मल्लले धनगढीमा आयोजित पत्रकार सम्मेलनबाट आफ्नो उम्मेदवारी निष्क्रीय गराएको घोषणा गर्दै सन्तोष पन्तको प्यानललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मल्लले आफु पनि नेविसंघकै कार्यकर्ता रहेको बताउदै केही असन्तुष्टी भएपनि पन्तको प्यानललाई समर्थन रहेको बताए । उनले विज्ञप्ती जारी गर्दै संगठनमा विद्यार्थीको इच्छा वमोजिम आफूले स्वतन्त्रबाट सभापतिमा उम्मेदवारी दिएको बताएका थिए ।
तर संगठनलाई सहयोग गर्ने गरी नेपाल विद्यार्थी संघको सयुक्त प्यानललाई सहयोग गर्न उम्मेदवारी निष्क्रीय पारेको उनी बताउँछन् । उनले नेविसंघको संयुक्त प्यानललाई मतदान गरिदिन समेत आग्रह गरेका छन् ।