Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियाँ जेसिजको नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • आइतवार, चैत्र २४, २०८१
बौनियाँ जेसिजको नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२४चैत/ बाैनिया जेसिजले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम आईतवार सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०८२ सालको शुभकामना संगै चियापान कार्यक्रम सम्पन्न गरेको हो ।
बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसै गरि कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द बि क , बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही र ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक वीर बहादुर थापा रहनु भएको थियो ।

बौनिया जेसिज बर्ष २०२५ का कोषाध्यक्ष थिरेन्द्र गडशिलाको आस्थापाठ संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर शाही, मोहन्याल माध्यामिक बिधालयका व्यवस्थापन समिती अध्यक्ष डबल बि क, बर्दगोरिया क्षेत्र बिकास तथा संरक्षण मञ्चका सचिव नवीन ढुंगाना लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव भिम बहादुर बि क ले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट