२३ चैत/ कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।
एक हजार ६ सय ९१ मतदाता रहेको क्याम्पसमा ११ सय २६ मत खसेको निर्वाचन समितिले जनाएको छ।
घोडाघोडी बहुमुखी क्याम्पसमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि भएको निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूको संयुक्त प्यानलबाट गणेश भण्डारी र एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को संयुक्त प्यानलबाट अशोक गौतम रहेका छन् ।
यस्तै विप्लव निकट अखिल समाजवादीले भने एकल रूपमा उम्मेद्वारी दर्ता गराएको थियो जसमा यम बहादुर खत्री रहेका छन् ।
उपाध्यक्ष, सहायक सचिव र ३ सदस्य समानुपातिक प्रणालीबाट निर्वाचत हुने छन् ।
मतगणना राति ८ बजे देखि सुरु हुने निर्वाचन समितिले जनाएको छ।