बर्दगोरिया ।नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
गत चैत्र २० गते बर्दगोरियामा सम्पन्न सम्मेलनले नवराज टमट्टाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा मान बहादुर बिक, महिला उपाध्यक्षमा विर्मादेवि विस्वकर्मा, सचिबमा प्रकाश नेपाली ,उपसचिबमा वविता सुनार,हिरा सिंह भुल,कोषाध्यक्षमा विर्मादेवी भुललाई चयन गरेको छ ।
यसैगरी सदस्यतर्फ पदम तिरुवा, धौली देवि विक,दल बहादुर भुल, पहल सिंह नेपाली ,चेतमान भुल,कालाराम टमट्टा, रतन बिक,प्रताप बिक,बिमला देवि भुल, पुष्कर बिक,जङ्ग बहादुर भुल, रविन बिक र शेर बहादुर बिकलाइ चयन गरेको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाका निवर्तमान उपाध्यक्ष धन बहादुर भुलको सभाध्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकि केन्द्रिय सदस्य कमला ओली रहनुभएको थियो । यसैगरी विशिस्ट अतिथिमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य प्रेम भुल र अतिथितर्फ नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य नर बहादुर खड्का, भिम बहादुर कुँवर, कर्ण बहादुर कुँवर, जिल्ला कमिटी सदस्य राम चन्द्र कठरिया, बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष गोबिन्द बि क, सहितको उपस्थिति रहेको थियो ।
