बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा एकजाना को मृत्यु तथा एक जना घाइते भएका छन ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाउँ र दोघरा जोड्ने कल्भर्ट निर्माण भइ रहेको स्थानमा अनियन्त्रित भइ दुर्घटना हुदा लम्की चुहा नगरपालिका वडा नम्बर १० पिपरौवा निवासी २४ बर्षिय अनिष चौधरीको धनगढी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सोही स्थानका बर्ष २० का बिनोद चौधरीलाई उपचारका लागी कोहलपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाईतेको अवस्था सामान्य रहेको र से ४ प ३५२२ नम्बरको मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।