Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जोशीपुर कुट्नी बुर्हियामा धार्मिक ज्ञान महायज्ञ सुरु

  • कैलाली दर्पण
  • आइतवार, चैत्र १७, २०८१
जोशीपुर कुट्नी बुर्हियामा धार्मिक ज्ञान महायज्ञ सुरु

१७चैत्र /कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा अवस्थित कुट्नी बुर्हिया धार्मिक क्षेत्रमा आज चैत्र १७ गते देखि कलश यात्रा सँगै कुट्नी बुर्हिया श्रीमद् भागवत धनधान्य महामहोत्सव ज्ञान महायज्ञ–२०८१ सुरु भएको छ ।

कुट्नी बुर्हिया धार्मिक तथा साँस्कृतिक पर्यटन क्षेत्र विकास समितिको आयोजनामा धार्मिक ज्ञान महायज्ञ सूरु भएको हो । चैत्र १७ गते देखि चैत्र २५ गते सम्म सञ्चालन हुने ज्ञान महायज्ञमा बाल ब्रहमाचारी बाबा लक्ष्मण भारतीले कथा वाचन गर्नुहुनेछ ।

सरकारको नजर अझै सम्म यो दिव्यधाममा नपरेको जोशीपुरकै नमुना पर्यटकीय क्षेत्र कुट्नी बुर्हिया माताको मन्दिर तथा स्नानघाट निमार्णसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि धनधान्य महामहोत्सव गरिरहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट