हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।
७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो ।
हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।