५ चैत/कैलालीको राष्ट्रिय कलेज सुखडमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
नौ सय १२ मतदाता रहेको क्याम्पसमा ४ सय २ मत मात्र खसेको निर्वाचन समितिले जनाएको हो।करिब ४४.५६% प्रतिशत मतदान दर देखाएको छ ।
मतगणना आज नै हुने निर्वाचन संयोजक प्रभात बोगटीले जानकारी दिए ।
राष्ट्रिय कलेज सुखडमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी) र अखिल समाजवादीको संयुक्त प्यानलको उम्मेदवारी रहेको थियो । उपाध्यक्ष, सहायक सचिव र ३ सदस्य समानुपातिक प्रणालीबाट निर्वाचत हुने छन् ।
राष्ट्रिय कलेजमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धन रहेको छ।
मतगणनामा नेविसंघ, अखिल(क्रान्तिकारी बिच प्रतिस्पर्धा हुने देखिएको छ ।