Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गोदावरीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु

  • कैलाली दर्पण
  • आइतवार, चैत्र ३, २०८१
गोदावरीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु

३ चैत/कैलाली जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिवार राती अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का सुदिप रानाको मृत्यु भएको हो।

बा १७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा राना घाइते भएका थिए। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए।

सम्बन्धित समाचार
ताजा अपडेट