निर्मला शाही/लालीगुराँस सामुदायिक बन उपभोक्ता समुह बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डाको अध्यक्षमा पुनः भीम बहादुर कुँवर सर्बसहमतीबाट निर्बाचित भएका छन ।
बिहिबार सम्पन्न समुहको ८ औं बार्षिक साधारणसभा बाट कुँवरको अध्यक्षतामा १३ सदस्यीयको नयाँ कार्यसमिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा ध्वज बहादुर सुनार, सचिवमा कोकिला खत्री, कोषाध्यक्ष शान्ति देवी विक, सह-सचिवमा सन्त राम चौधरी रहेका छन् । यसैगरी सदस्यहरुमा जगनाथ जोशी, रमा गौतम, गुलाब पति चौधरी, विजय जोशी, चुलुराम चौधरी, जागेश्वर चौधरी, कलसा बम र लीला कुमारी थापा निर्वाचित भएका छन्।
त्यस्तै सल्लाहाकार समितिको संयोजकमा भेष राज जैशी , देव चौधरी र मनती चौधरी निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा गोविन्द बिसी, गङ्गा ओली र गुराँस ओली निर्वाचित भएका छन्।
