निर्मला शाही,बौनिया / नेपाल उद्योग तथा व्यवसायी महासंघ लम्किचुहा नगर कमिटीको अध्यक्षमा गोबिन्द ओलि निर्विरोध निर्वाचित भएका छन्।
बुधबार लम्किमा भएको नगर स्तरीय उधोगी व्यवसायीहरुको भेलाबाट गोविन्द ओलीको अध्यक्षतामा नयाँ नगर कमिटी सर्वसम्मत चयन गरिएको हो।
जस्को उपाध्यक्षमा नृप बहादुर रावल,गज बहादुर थापा,सचिबमा प्रदिप प्रसाद न्यौपाने ,कोषाध्यक्ष अन्जना कुमारी सिंह,उप सचिब बिकास ढकाल र खेम बहादुर रोकाय रहेका चयन भएका छन।
यसैगरी सदस्यहरुमा इन्द्र प्रशाद देवकोटा ,वीर बहादुर मल्ल,मनिराम जैसी,लालबहादुर सेजुवाल,रमेश ढकाल ,मदन पाठक र सोभाखर गौतम रहेका छन् ।
नृप बहादुर रावलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल उधोग तथा ब्यापार महासंघका केन्द्रीय उपाध्यक्ष सुर्य बहादुर थापा रहनु भएको थियो। कार्यक्रमको संचालन डिल्ली प्रशाद गड्तोलाले गरेका थिए ।