Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जे.एस मेमोरियल फाउण्डेसन स्थापना,अध्यक्षमा भुल

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन ११, २०८१
जे.एस मेमोरियल फाउण्डेसन स्थापना,अध्यक्षमा भुल

११ फागुन/नेकपा एमाले कैलाली क्षेत्र न.२ का क्षेत्रीय कमिटी उपाध्यक्ष जगे कामी र क्षेत्रीय कमिटी सदस्य सन्तोष शाहिको स्मृतिमामा मेमोरियल फाउन्डेसन स्थापना गरिएको छ।

आज भन्दा करिब एक दशक अगाडि सडक दुर्घटनामा ज्यान गुमाउनुभएका तत्कालीन नेकपा एमाले कैलाली क्षेत्र न २ का क्षेत्रीय कमिटी उपाध्यक्ष जगे कामी र क्षेत्रीय कमिटी सदस्य सन्तोष शाहिको स्मृतिमामा नेकपा एमाले कैलाली क्षेत्र न २ को क्षेत्रीय सम्मन्वय कमिटिको गत फागुन ८ गते बसेको पहिलो बैठकले जे.एस मेमोरियल फाउन्डेसन (JS memorial foundatio) गठन गरेको हो।

शनिबार लम्किमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य प्रेम बहादुर भुलको अध्यक्षमा ७ सदस्यीय चयन गरेको छ।

जस्को उपाध्यक्षमा स्वर्गीय जगे कामिकी धर्मपत्नी दुरपता बि.क,सचिवमा  नेकपा एमाले जिल्ला कमिटी सदस्य टंक राज ओलि  कोषाध्यक्ष नेपाल बुद्धिजीवी परिषद कैलालीका सचिब एकेन्द्र भण्डारी   सदस्यहरुमा लम्की जेसीजका पुर्व अध्यक्ष भरत खनाल , दुबिलाल चौधरी , तनु भण्डारी सहितको  ७ सदस्यीय कमिटी गठन गरिएको छ।

उक्त बैठक बाटनै संस्थाको लागि नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरले  ५० हजार रुपैयाँ ,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष यज्ञ राज ढुंगानाले रु १० हजार रुपैयाँ जम्मा गर्ने घोषणा गर्नु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट