४ फागुन/ कैलालीको मोहन्याल गाउँपालिकामा बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले ४० दिने इलेक्ट्रिक मर्मत/ डमर्मी तथा १० दिने जीवन उपयोगी सम्बन्धि तालिम सुरु भएको छ ।
आइतबार मोहन्याल-३ फलेबिसौनामा क्वालिटी मल्टीपर्पोज प्रालि बानेश्वर काठमाडौको आयोजना र मोहन्याल गाउपालिका रोजगार सेवा केन्द्र खिमडीको आर्थिक सहयोगमा बेरोजगार युवा युवतीहरुका लागी ४० दिने इलेक्ट्रिक र म्यासन डकर्मी र १० दिने जीवन उपयोगी तालिम सुरु गरेको हो।
रोजगार सेवा केन्द्र मोहन्यालका संयोजक एकेन्द्र भन्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाँउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय र बिशिस्ट अतिथिमा प्रमुख प्रशासकिय अधिकृत रुपेश कुमार शर्मा बराल रहनु भएको थियो।
रोजगार सहायक दिपक बिकको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ,बिशिस्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत रुपेश कुमार शर्मा बराल ,वडा नम्बर ७ का वडा अध्यक्ष नवराज कठायत ,वडा नम्बर २ का वडा अध्यक्ष जय प्रकाश मल्ल ,कार्यपालिका सदस्य नानी दमाईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले मोहन्याल गाउपालिकाका सबै वडाहरुमा बिधुत लाइन बिस्तार भइरहेको र अवको २ बर्ष भित्र बिधुतीकरण भैसक्ने भएकोले सबैले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।
तालिम बेरोजगारी युवायुवतीहरुका लागि महत्त्वपुर्ण भएकाले सबैले तालिममा सक्रियता जनाई जिबिकोपार्जनमा राहत पुग्ने गरि काम गर्नु पर्ने बताए ।
मोहन्यालमा तालिमको माध्यमबाट बेरोजगारीको अन्त्य गर्ने उद्देश्य भएकोले सक्रिय र इमानदारी पुर्वक तालिममा भाग लिन आग्रह गर्नु भएको छ । साथै आफू निरन्तर मोहन्यालको बिकास र समाज परिबर्तन गर्न तर्फ लागि रहेको अध्यक्ष उपाध्यायले बताउनु भयो ।
कार्यक्रमको संचालन क्वालिटी मल्टीपर्पोजका निर्देशक जय आचार्यले गर्नु भएको थियो। तालिममा ७ वटै वडा बाट ४० जनाको सगभागिता रहेको छ।
तालिममा डकर्मी तर्फ गुरु राज चौधरी र इलेक्ट्रिक तर्फ पुर्ण गुरुङले सहजीकरण गर्ने भएका छन ।
