निर्मला शाही,बौनिया/”गौरवशाली बिगत चुनौतीपुर्ण बर्तमान, लगानी वृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सबै तहमा सशक्त संगठन” नारा सहित बर्दगोरिया गाउँपालिकामा नेपाल शिक्षक संगठनको तेस्रो गाउँ अधिबेशन शनिबार बौनियामा सम्पन्न भएको छ ।
संगठनको तेस्रो अधिबेशनले रतन बहादुर थापाको अध्यक्षता १५ सदस्यीयको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा मनिराज साउद,महिला उपाध्यक्ष मिना बम ,सचिब खगेन्द्र प्रशाद आचार्य ,सह-सचिव उषा बिस्ट ,कोषाध्यक्षमा सुरेश कठरिया, सह-कोषाध्यक्ष रन्जना शाही,सदस्यहरुमा मदन खड्का ,नरेन्द्र साउद ,कृष्ण प्रशाद रेग्मी ,गणेश नेपाली ,भुपेन्द्र रास्कोटी,अखिल बिक र पुरन साउद रहेका छ्न ।
साथै संगठनले जिल्ला प्रतिनिधि हरुमा लक्ष्मी प्रसाद सापकोटा, सत्य देवि कुँवर, गणेश प्रसाद जोशी,लव्ली रावल,खडक कुँवर, ऋषीराज सापकोटा, इन्द्र राज खतिवडा, अमर रावल,नेत्र बहादुर खडका, बलराज भाट, नवराज पाण्डे,धनराज जोशी, चन्दृका जोशि,उदय राम बिसी सहित १४ जना आगामी चैत्रमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गरिएको छ।।
कार्यक्रम संगठनका बर्दगोरिया गाउँ समितिका अध्यक्ष लक्ष्मी प्रशाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी संगठनका जिल्ला सचीव दान बहादुर खाती रहनु भएको थियो । कार्यक्रमको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत अनुमोदन गरिएको थियो ।
कार्यक्रममा संगठनका प्रदेश सचिवालय सदस्य नरेन्द्र थापा ,महुन्याल माध्यमिक बिधालय बास्कोटीकी प्रधानाध्यापक चन्दृका जोशी ,नेपाल शिक्षक महासंघ बर्दगोरियाका अध्यक्ष उदयराम बिसी ,बसन्त मुरारी नमुना माध्यमिक बिधालय बौनियाका प्रधानाध्यापक तारा प्रशाद जोशी, जिल्ला समिती सदस्य लक्ष्मी बिनाडि,जिल्ला सदस्य खेम कठायत लगायतको उपस्थिति रहेको थियो ।
