Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया-३ मा ९करोड ९९ लाख बढी लागतको खानेपानी आयोजना अध्यक्ष कुँवरद्वारा शिलान्यास

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन १, २०८१
बर्दगोरिया-३ मा ९करोड ९९ लाख बढी लागतको खानेपानी आयोजना अध्यक्ष कुँवरद्वारा शिलान्यास

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डामा ९ करोड ९९ लाख बढी लागतको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। रानिकुण्डा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अगुवाईमा १ लाख ७५ हजार लिटर पानी अटाउने रिजर्भबेशन टंकी निर्माण सहितको बिलिङ्ग काउण्टर र पाईपलाईन बिस्तार गर्ने योजना निर्माणको सुभारम्भ गरिएको हो । यो खानेपानी आयोजना बर्दगोरिया भित्र अहिलेसम्म कै सबैभन्दा बढी लागतको हो । विश्व बैंकको ऋण सहयोगमा नेपाल सरकार ,प्रदेश सरकार र स्थानिय तहको संयुक्त लगानीम सो खानेपानी निर्माण हुन लागेको हो ।

पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पूजापाठ गरी आयोजनाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले वडा नम्बर ३ का बासिन्दाहरुले अब स्वच्छ पानी पिउन पाउने बताए । वडा भित्रै सबैभन्दा बढी लागत र ठूलो खानेपानी आयोजनाले सबै वडावासीहरुले शुद्ध खानेपानीबाट बंचित हुन नपर्ने बताए । उनले आयोजना तोकिएकै सयममा पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन संगै वडावासी र उपभोक्ता समितिलाई समेत साथ दिन आग्रह गरे ।

प्याराडाईज बिल्डर्सले ९ करोड ९९ लागतमा ठेक्का लिएको आयोजना व्यवस्थापक प्रमुख लक्ष्मी राज जोशिले बताए । यसअघि आयोजना निर्माण स्थलमा २ लाख २५ हजार लिटरको टंकी निर्माणको काम सम्पन्न भएको छ । गाउँ बस्तीको विस्तार संगै पाईप लाईन बिस्तार र खानेपानी आपूर्तिका लागि आयोजना सुरु गरिएको जोशिले बताए ।

रानिकुण्डा सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष टंक राज ओलिले आफ्नो वडामा सबैभन्दा ठूलो आयोजना सुरु भएकोमा खुसी व्यक्त गर्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले आयोजनाले अब यस वडाका नागरिकलाई आर्सेनिक पानी पिउन नपर्ने र खानेपानीको समस्या टर्ने बताए ।

आयोजना सुभारम्भ भएको १६ महिनाभित्र रिजर्भबेशन टंकी निर्माण,पाईप बिछ्याउने कार्य, पानी प्रशोधन ईकाइ स्थापना, बिलिङ्ग काउण्टर निर्माण गरिेनेछ । आयोजनाबाट वडा नम्बर ३ का नागरिक र केही भाग वडा नम्बर ४ का नागरिक लाभांवित हुनेछन् । पाईप बिस्तारका क्रममा वडा नम्बर ३ बासिले काममा कुनै अवरोध नगरे समय अगाबै काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि एकेन्द्र मल्लले बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट