Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुन्दरपुर ग्रामीण विद्युत सहकारीको १७औं बार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, माघ २६, २०८१
सुन्दरपुर ग्रामीण विद्युत सहकारीको १७औं बार्षिक साधारण सभा सम्पन्न

सुन्दरपुर ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सुन्दरपुर ग्रामीण बिधुत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष लोक बहादुर भुलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य पुष्कर बि क रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा वडा नम्बर ४ का सदस्य बिमला देवि भुल र शृजनशिल ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष देवानन्द जोशी रहनु भएको थियो ।

आर्थिक बर्ष २०८०/०८१ को २० लाख ,७१ हजार, ११ रुपैयाँ बराबरको आय व्यय संस्थाका लेखा समिती सदस्य पदम चलाउने ले प्रस्तुत गरेका थिए ।

सुन्दरपुर ग्रामीण बिधुत सहकारी संस्थाका लेखा समिती सदस्य समन बहादुर ओलिले स्वागत गरेको कार्यक्रममा मा वि कोटातुल्सिपुर बिधालय ब्यवस्थापन समितीका अध्यक्ष केवल चलाउने, ,संस्थाका पुर्व अध्यक्षहरु छत्र बहादुर ओलिको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन उपभोक्ता लाल बहादुर बि.क ले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट