Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जगदम्भिके भगवती माविले मनायो स्थापनाको ४३औं वर्षमा पहिलो वार्षिकोत्सव

  • कैलाली दर्पण
  • शनिबार, माघ १९, २०८१
जगदम्भिके भगवती माविले मनायो स्थापनाको ४३औं वर्षमा पहिलो वार्षिकोत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनिमा रहेको जगदम्भिके भगवती माध्यामिक बिधालयले आफ्नो स्थापनाको करिब ४३ बर्ष पछि पहिलो पटक प्रथम बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको बिधालयले हाल सम्म यसरी कुनै पनि बर्ष बार्षिकोत्सव मनाएको थिएन ।

जगदम्भिके भगवती माध्यामिक बिधालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कर्ण बहादुर कुँवरले पालिकाले बिधालयको भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश बिधालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटक पटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।

यसै गरि बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थापनाकाल देखि आज सम्म बिधालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम , संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्र अ चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्ब बिधालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, राम बहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घ राज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व बिद्यार्थी बिस्णु बिष्ट , २०८० को एस ई ई मा उत्कृष्ट अंक ल्याउने भावना बुढा , बिमला साउद र निसा बि क लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।

बिद्यालयका शिक्षक भुपेन्द्र रास्कोटिले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटक ,सहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले प्रगती बिबरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै बिधालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलिले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।

 

सम्बन्धित समाचार
ताजा अपडेट