Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया-६ मा संस्कृतिक प्रबर्द्धन तथा दोस्रो माघी मेला सुरु

  • कैलाली दर्पण
  • बुधबार, माघ २, २०८१
बर्दगोरिया-६ मा संस्कृतिक प्रबर्द्धन तथा दोस्रो माघी मेला सुरु

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको धार्मिक  तथा पर्यटकीय क्षेत्रमा आज बाट  सस्कृतिक प्रबर्द्धन तथा दोस्रो माघी मेला २०८१ सुरु भएको छ ।

सस्कृती प्रबर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि र बर्दगोरिया गाउँपालिका ६ न वडा अध्यक्ष राम कृष्ण डगौरा यस्तै अतिथिमा बर्दगोरिया गाउँ पालिका १ न वडा अध्यक्ष मिथुन गौतम , बर्दगोरिया गाउँ पालिका २ न वडा अध्यक्ष गोबिन्द बि .क .रहनु भएको थियो ।

कार्यक्रममा समितिका सचिव दुर्गा सिंहको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा , बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।विगत १ वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,  पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र भक्तिनिया डाँडा पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको हो ।

भक्तिनिया डाँडा माघीमा २०८०  देखि ठुलो मेला लाग्ने गरेको छ । ‘विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाई बाट मेला अवधिभर करिब ७० हजार भक्तजन तथा पर्यटकले अवलोकन गर्ने आश गरिएको छ ।

मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बच्चाहरुको पिङ मुख्य आकर्षक रहेकाछ्न साथै थारु गाउँको पनि अबलोकन गर्न सकिने छ ।  कार्यक्रमलाई  संचालन हरेन्द्र चौधरीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट