Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियाँ महोत्सवमा आज शनिबार गायक चक्र बमको प्रस्तुति रहने

  • कैलाली दर्पण
  • शनिबार, पुस १३, २०८१
बौनियाँ महोत्सवमा आज शनिबार गायक चक्र बमको प्रस्तुति रहने

बौनिया,निर्मला शाही /बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सडकपुर बौनियामा जारी ७ औँ संस्करणको सेती लोकमार्ग पहिचान महोत्सवमा आज शनिवार गायक चक्र बमको बेजोड प्रस्तुति रहने छ ।

कृषि, ब्यापार, संस्कृती र बर्दगोरिया पर्यटकिय धामको विकास : निर्माणाधिन सेती लोकमार्गको निकास’ भन्ने नारा दिएको महोत्सवमा आज पुस १३ गते चर्चित गायक चक्र  बम आउने कलाकार संयोजक दिपक गौतमले जनकारी दिए ।  यस्तै महोत्सवमा मोडल सुशीला कार्की र उद्घोषिका तथा गायिका कल्पना कुसुमका साथै बिधालय स्तरिय नृत्य प्रतियोगिता संगै स्थानीय डान्स एकेडेमीका नृत्यहरु समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।

महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।

मंगलबार  एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका हुन्।

महोत्सवमा ८० वटा ब्यापारी  स्टल, थारु गाउँ ,रमाइलो मेला लगायत दुई दर्जन बढी  राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ र        विद्यार्थी अपांग, अशक्तहरुलाई ७० रुपैयाँ टीकट निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट