Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियाँ महोत्सवमा आज पुस १२ गते गायक हेमन्त शर्मा र अछामी बड्डोको प्रस्तुति रहने

  • कैलाली दर्पण
  • शुक्रबार, पुस १२, २०८१
बौनियाँ महोत्सवमा आज पुस १२ गते गायक हेमन्त शर्मा र अछामी बड्डोको प्रस्तुति रहने
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"adjust":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

निर्मला शाही बौनिया/बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सडकपुर बौनियामा जारी ७ औँ संस्करणको सेती लोकमार्ग पहिचान महोत्सवमा आज चौथो  दिनमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

कृषि, ब्यापार, संस्कृती र पर्यटनको विकास : निर्माणाधिन सेती लोकमार्गको निकास’ भन्ने नाराका दिएको महोत्सवमा आज पुस ११ गते चर्चित गायक  हेमन्त शर्मा र सुदूरपश्चिमका चर्चित देउडा गायक लालबहादुर धामी (अछामी बड्डो), हास्री कलाकार दिपेन्द्र,गायिका तथा उद्घोषिका  कल्पना कुसुम, लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

मंगलबार  एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका हुन्।

पुस ९ गते देखि पुस १८ गते सम्म सन्चालन हुने महोत्सवमा ८० वटा ब्यापारी  स्टल, थारु गाउँ ,रमाइलो मेला लगायत दुई दर्जन बढी  राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ र         विद्यार्थी अपांग, अशक्तहरुलाई ७० रुपैयाँ टीकट निर्धारण गरिएको छ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट