Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल गाउँपालिका-३ नम्बर वडा अध्यक्ष गिरिको निधन

  • कैलाली दर्पण
  • शुक्रबार, मंसिर २१, २०८१
मोहन्याल गाउँपालिका-३ नम्बर वडा अध्यक्ष गिरिको निधन

निर्मला शाही /मोहन्याल गाउँपालिका ३ नम्बर  वडा अध्यक्ष नन्दराम गिरि ( नविन) को निधन भएको छ।

गिरी डेढ वर्षदेखि क्यान्सरले ग्रसित रहेका थिए। आज (शुक्रवार) उनको उपचारको क्रममा बर्दगोरिया गाउँपालिका दोदोधरा अस्पतालमा निधन भएको हो।

लामो समयदेखि मुखको क्यान्सर बाट पीडित रहनु भएको गिरिलाई भारतका विभिन्न अस्पताल र नेपालका अस्पतालहरुमा उपचार गर्दा नि ठिक हुन सकेन।

३६ बर्षिय गिरि २०७४ को  पहिलो स्थानीय तह र २०७९ को दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन।

 विकासप्रेमि नेता गिरि नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत हुन।

सम्बन्धित समाचार
ताजा अपडेट