बैशाख १६/कैलालीको मोहन्याल गाउँपालिकाको शिक्षा समितिको सदस्य पदमा भैरवमाला रास्टिय माध्यमिक विद्यालय मोहन्याल ३ सुगरखालका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र प्रशाद जैशीलाइ मोहन्याल गाउपालिकाको शिक्षा ऐन २०७९ अनुसार शैक्षिकसत्र २०८१ मा मनोनीत गरिएको गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले बताए ।
२८ बर्षका युवा नेता जैसी नेकपा माओवादीकेन्द्र मोहन्याल गाउँ समितिका सचीव र सुनौलो सामुदायिक वन उपभोक्ता समूह मोहन्याल ६ ठुलागडाका अध्यक्ष समेत हुन ।
स्थानीय शिक्षा समितिमा अध्यक्षले विद्यालय व्यवस्थापन समिती अध्यक्ष मध्य बाट १ जना र प्रधानाध्यापक मध्य १ जना लाई मनोनित गर्ने पाउने वयवस्था रहेको छ। उक्त पदमा यस अघि नेकपा माओवादी केन्द्र जिल्ला समिती कैलाली का सदस्य समेत रहेका रास्टिय माध्यमिक बिधालय मोहन्याल ६ सोल्टाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनाल लाई मनोतित गरिएको थियो ।खनालको कार्य अवधी सकिए पछि जैसीलाइ मनोनित गरेको हो ।
