बौनिया/सन्त निरंकारी सत्संग बौनियाको आयोजनामा सरसफाई तथा बृहत सत्संग कार्यक्रम सम्पन्न भयको छ।
शनिबार यूगदृष्टा बाबा हरदेव सिंहजीको जन्म दिनको अवसर पारी विश्व भरीमा आज बर्दगोरिया २ झगटपुरमा सरसफाई कार्यक्रम गरिएको सेवादल शिक्षक सूरत बिष्टले जानकारी दिनू भयो।
स्वच्छ जल स्वच्छ मन , प्रदूषण भित्र होस या बाहिर दूवै हानिकारक हून्छ अनेकतामा एकता निरंकारी मिशनको बिशेषता लगायतका नारा लिएका पप्लेट सहित सरसफाई कार्यक्रममा सेवादल हरू साधसंगत हरुको उपस्थितिमा सरसफाइ गरिएको थियो।
सरसफाई कार्यक्रम पछि सन्त निरंकारी सत्संग भवन बौनियामा आदर्णिय मुखि बिजय सिंह कूवरको आतिथ्य मा बृहत सत्संग कार्यक्रम सम्पन्न भयको छ।
सेवादल टेक बहादुर खड्का ले संञ्चालन गरेको सत्संग कार्यक्रम मा रंग नाथ भण्डारी सेवादल शिक्षक सूरत बिष्ट धर्म सिंह बि क कर्ण बिक मन्तव्य राखेका थिए भने कार्यालयमा बाल सेवादल सूनिता एवम् साथि जानकी बटला खिमा टमटा लगायतकाले भजन प्रस्तुत गरेका थिए।

