Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया-६ मा आज डान्सर आशिका चौधरी सहित विभिन्न कलाकारहरुले नचाए दर्शकलाई

  • कैलाली दर्पण
  • बिहिबार, माघ ४, २०८०
बर्दगोरिया-६ मा आज डान्सर आशिका चौधरी सहित विभिन्न कलाकारहरुले नचाए दर्शकलाई

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा आज विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन । मेलामा आज चर्चित डान्सर आशिका चौधरी लगाएत गायक तुफान राजबन्सिले प्रस्तुति दिएका थिए ।

वडा नम्बर ६ को आर्थिक सहयोगमा, राम जानकी सेवा समाज भक्तिनिया अस्थान तिर्थ मेला व्यवस्थापन समितिको आयोजनामा सुरु भएको मेला माघ ६ गते समापान हुने छ ।

मेलाको उद्घाटन गर्दै अध्यक्ष कुवरले मेलाको माध्यमबाट यहाँको धार्मिक,सास्कृतिक क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विस्वास व्यक्त गरे । उनले रामजानकी भक्तिनिया स्थान आन्तरिक पर्यटन प्रवर्द्धनको लागि निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यसको विकास र समृद्धिका लागि स्थानीय सरकारले विशेश जोड दिने बताए ।

मेलालाई थप आकर्षक बनाउन तथा मेलामा आउने दर्शनार्थी तथा अवलोकनकर्ताहरुको मागलाई मध्यनजर गरि यसपालि बोटिङ्गको समेत व्यवस्थापन गरिएको छ ।

मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा, थारु गाउँ, विभिन्न नृत्य, थारु पौराणिक लोक सास्कृतिक कार्यक्रमका साथै देउडा प्रस्तुतिहरु हुँदै आएका छन ।

मेलामा भोलि चर्चित टिकटक स्टार दिपिका जिएच, प्रितु चौधरी लगाएत स्थानीय कलाकारहरुले प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बोटिङ्ग मुख्य आकर्षक हुनेछ्न ।

सम्बन्धित समाचार
ताजा अपडेट