पुस १५/बौनिया जेसिजको १२ औं अधिबेशन सम्पन्न भएको छ । बौनिया जेसिजको अध्यक्षमा वीर बहादुर बिस्ट सर्बसहमती बाट निर्वाचित भएका छन ।
बौनिया जेसिज बर्ष २०२३ का अध्यक्ष जेसि चक्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी संस्थापक अध्यक्ष लिला राज शाही रहनु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । बौनिया जेसिज सबै युवालाई समेटी समाज रुपान्तरण संगै लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अहम भुमिका खेल्नु पर्ने बताए ।
बौनीया जेसिजका कार्यकारिणी उपाध्यक्ष वीर बहादुर बिस्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिजका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद ओझा, बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमी प्रकाश बम, बर्ष २०१७ का अध्यक्ष कृष्ण बिस्ट, बर्ष २०१९ का अध्यक्ष धिरज शाही ,बर्ष २०२० का अध्यक्ष केशव बहादुर शाही , बर्ष २०२१ का अध्यक्ष गणेश प्रसाद जोशी, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, नेपाल रेडक्रस सोसाइटी दोदोधरा उपशाखा सभापति लक्ष्मी राज जोशी र सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि लगाएतको सहभागी रहेको थियो ।
बौनिया जेसिजको अध्यक्षमा वीर बहादुर बिस्ट सर्ब सहमती बाट निर्वाचित हुदा कार्यकारिणी उपाध्यक्ष जगत बहादुर शाही र बिस्णु बिस्ट निर्वाचित भएका छन । यसै गरि उपाध्यक्षमा थिरेन्द्र गड्शिला , केशव बहादुर शाही, अपेक्षा रोकाया र सुनिल बडायक निर्वाचित भएका छन ।
बौनिया जेसिजका कानुनी सल्लाहकार देवानन्द जैशिले आस्थापाठ गरेको कार्यक्रममा मिशन ,भिजन बिस्णु बिस्टले गरेका थिए । कार्यक्रमको संचालन महासचिव जगत बहादुर शाहिले गर्नु भएको थियो ।