Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया६,मा दिवा देवारी सांस्कृतिक कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, कार्तिक २३, २०८०
बर्दगोरिया६,मा दिवा देवारी सांस्कृतिक कार्यक्रम सम्पन्न

लिलाराज शाही बर्दगोरिया / मानिस नैतिकवान र चरीत्रवान हुनुपर्ने कृषि , भुमी व्यवस्था , तथा सहकारी मन्त्री रामेस्वर चौधरीले बताएका छन ।

बुधबार बर्दगोरिया गाउपालिका वडा नम्बर ६ जगतपुरमा बर्दगोरिया इभेन्ट एण्ड मार्केटिङ प्रालि ले आयोजना गरेको दिवा देवारी सास्कृतिक कार्यक्रममा प्रमुख अतिथिको आसन्न बाट सम्बोधन गर्दै मन्त्री चौधरी सो कुरा बताएका हुन

मन्त्री चौधरिले भने अहिलेको आबश्यक्ता बाल बालिकाहरुलाइ नैतिकशिक्षा सम्बन्धि ज्ञान् दिई चरीत्रवान बनाइ समाजको बिकास गर्न सबै अग्रसर हुनुपर्छ ।

बालबालिकाहरुलाइ लागू औषध र कुलत बाट बचाउन चुनौती रहेको मन्त्री चौधरिले बताए । साथै मन्त्री चौधरिका अनुसार सामाजिक बिकास भए मात्र भौतिक बिकास क्रमिकरुपमा हुँदै जाने बताए ।

आफुले श्रमजीवी किसानहरुको पक्षमा जनमुखी कृषि कार्यक्रम लागू गरि कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको समेत मन्त्री चौधरीले बताए ।

कार्यक्रममा बिशिस्ट अतिथी वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण चौधरी ,वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही ,नेकपा एमाले का हिम्मत बहादुर कठायत,शिक्षाप्रेमी डा. राम बहादुर चौधरी ,समाजसेवी प्यारेलाल चौधरी ,प्रिन्सिपल पुष्कर मल्ल लगायतका बक्ताहरुले कला सस्कृती र धर्मको संरक्षण गरे मात्र आफ्नो पहिचान बच्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो गित र नृत्य प्रस्तुत गरेका थिए । भलमन्सा जनक चौधरीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सागर चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन बर्दगोरिया इभेन्ट एण्ड मार्केटिङ प्रा.लि का अध्यक्ष हरेन्द्र चौधरीले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट