Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दोदोधरा अस्पतालमा एक्स-रे मेसिन जडान हुदै

  • कैलाली दर्पण
  • बिहिबार, असार २८, २०८०
दोदोधरा अस्पतालमा एक्स-रे मेसिन जडान हुदै

बर्दगोरिया । कैलालीको दोदोधरा अस्पतालले एक्स-रे मेसिन प्राप्त गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको उक्त अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले ४१ लाख बराबरको मेसिन र अन्य उपकरणहरु दिएको हो ।

हाल अस्पताल सञ्चालन अवस्थामा रहे पनि आवश्यक थप उपकरण र कर्मचारीको व्यवस्थापन भने हुन बाँकी छ । अस्पतालमा डिजिटल एक्स-रे मेसिन आए सँगै सेवा थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको दोदोधरा अस्पताल प्रमुख कैलाश रावतले जानकारी दिए ।

काठमाण्डौबाट प्राविधिक आउनु पर्ने भएकाले बिहीबार मेसिन पुगे पनि जडान गर्न भने केही दिन लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।

देशभरका ५ सय बढी पालिकामा एकसाथ शिलान्यास गरिएका १५ शय्या आधारभूत अस्पताल मध्ये दोदोधारा निर्माणमा देशकै पहिलो बनेको हो ।

निर्माण जस्तै गुणस्तरीय सेवा प्रवाहमा पनि नमुना र उत्कृष्ट बनाउने लक्ष्यका साथ गाउँपालिकाले साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह गर्ने भएको छ ।

स्वास्थ्य समस्या बोकेर बाहिर जानु पर्ने समस्याको अन्त्य गर्दै जनताको सहजताका लागी योजनाबद्ध ढङ्गले अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

केही समय अगाडी अस्पताल उद्घाटन समारोहमा बोलेका सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त उपकरण र औषधि दोदोधरा अस्पताललाई सहयोग गर्न अहम भुमिका खेलेका छन ।

पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको लगाव र निरन्तरताले आज दोदोधरा अस्पतालमा ४१ लाख बराबरको उपकरण सहित औषधि आएको छ बाकी केही दिन पछी अझै आउने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट