सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाका एक बालक ४ दिन देखि बेपत्ता भएका छन । घोडाघोडी नगरपालिका वडा न १ लोहरपुरका १२ बर्षिय गणेश बोहोरा ४ दिन देखि बेपत्ता छन । ज्येष्ट २४ गते घरबाट बिद्यालय जान्छु भनि हिडेका गणेश बिद्यालयमा नै नगई अहिले सम्म सम्पर्कमा नआएको बुवा भिम बहादुर भिम बहादुर बोहोराले बताए । आफन्त कहा खोजि गर्दा पनि कहि कतै फेला नपरे पछि ईलाका प्रहरी कार्यालय सुखडमा खोजि गरिदिनका लागि आज निबेदन दर्ता गरेको उनले बताएका छन । कतै फेला पारे नजिकैको प्रहरी कार्यालय तथा ९८६३६४१३१९,९७६९९१९९६८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन ।