Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव२०८० शुरु

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ९, २०८०
बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव२०८० शुरु

कैलालीको बर्दगोरिया गाउँपालिकामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु भएको छ ।

पतंजलि योग नेपाल तथा बर्दगोरिया गाउँपालिकाको आयोजनमा बैशाख १५ गते सम्म संचालन हुन लागेको उक्त योग विज्ञान महोत्सव २०८० को आज बैशाख ९ गते औपचारिक रुपमा उद्घाटन भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको प्रमुख आथित्यमा उक्त महोत्सव शुरु भएको हो ।

महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मिथुन गौतमले योग गरौ निरोगी बनौ भन्ने राष्ट्रिय नाराले बर्दगोरिया गाउँपालिकामा पनि स्थान पाएको बताए । पछिल्लो समयमा आम नागरिकले दैनिक रुपमा प्रयोग गर्ने हरेक प्रकारका खाद्य बस्तुहरु स्वच्छ तथा ताजा नरहेकोले मानव जिवनमा विभिन्न रोग हरुले दैनिक रुपमा आक्रमण गर्दै आएको र उक्त रोग सङ्ग लड्न सबै मानिसले योग गर्न अहिले आवश्यक रहेको बताए ।

योग गर्दा मानिसमा लाग्ने स-सना रोगहरु लाग्न नदिने हुँदा सके सम्म सबै मानिसले दैनिक रुपमा योग गर्न जरुरी रहेको छ । त्यहीँ कुरा लाई पहिलो प्राथमिकतामा राख्दै यो वृहत योग विज्ञान महोत्सव २०८० लाई गाउँपालिकाले विभिन्न माध्यमबाट सहयोग गरेको हुँदा यस शिविरमा सबै नागरिकहरुले अनिवार्य योगकार्यमा सहभागिता जनाउदै आफु र आफ्नो परिवारलाई निरोगी बनाउन सकिने छ ।

यस्तै उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेरामा चौधरीको सहभागीता रहेको थियो ।

योग विज्ञान महोत्सव २०८० का संयोजन टेक राज सापकोटा अध्यक्षतामा हुन लागेको महोत्सवको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य तेज बहादुर बडुवालले राखेका थिए । कार्यक्रममा बसन्त मुरारी नमुना माबिका प्राधानाध्यापक भुमी प्रकाश बम ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमर बम,पन्तन्जली योग समिति जिल्ला मन्त्री देव बहादुर मल्ल ,उपाध्यक्ष खडानन्द सापकोटा ,बर्दगोरिया योग शिबिरका संयोजक द्वारिका धमाला,सहारा घरका संचालक बल बहादुर बिस्ट  एमालेका मिलन ओलि ,हिन्दु जागरण मंच टंक बहादुर देउवा   लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।कार्यक्रमको संचालन कृष्ण भण्डारीले गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट