Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र १०, २०७९
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

 

१० चैत, धनगढी ।

भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार दुुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको थियो । उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक मल्लका अनुसार महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका छन् । उनको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ

सम्बन्धित समाचार
ताजा अपडेट