Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा १ दिने हात्तिपाइले रोग विरुद्धको अभिमुखिकरण सम्पन्न; फागुन११ गतेदेखि औषधी सेवनअभियान सुरु

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन १, २०७९
बर्दगोरियामा १ दिने हात्तिपाइले रोग विरुद्धको अभिमुखिकरण सम्पन्न; फागुन११ गतेदेखि औषधी सेवनअभियान सुरु

 निर्मला शाही बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने हातिपाइले रोग बिरुद्ध को पालिका  स्तरिय अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।

सोमबार वडा नम्बर १ मा बर्दगोरिया स्वास्थ्य शाखाले  पालिका स्तरिय सरोकारवालाहरु संग एक दिने हात्तिपाइले  रोग विरुद्ध आम औषधी सेवन अभिमुखिकरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा राष्ट्रिय हात्तिपाइले रोग निवारणका लागि आम औषधि सेवन अभियान अन्तर्गत पालिकाका सबै वडामा फागुन  ११ गते देखि  हात्तिपाइले रोग विरुद्धको  आैषधि सेवन अभियान सुरु  गरिने भएको छ।

हात्तिपाइले रोग फाइजेरिया परिजिविबाट लाग्ने हात्तिपाइले रोग पोथी लाम्खुट्टेको टोकाइबाट सर्ने गर्दछ।

हात्तिपाइले रोगको औषधी पुर्णरुपमा सुरक्षित र प्रभावकारी औषधि भएकोले सिकिस्त बिरामी ,गर्भवती महिला , ७ दिनको सुत्केरी महिला  बाहेक २ बर्ष उमेर समूह माथिका व्यक्तिले खान सकिन्छ । हात्तिपाइले रोग निवारण कार्यक्रम प्रभावकारी रुपमा संचालन गरि हात्तिपाइले रोग बाट बच्नको लागि यो औषधी सबैले सेवन गर्नुपर्ने बताए ।
यसपटक बर्दगोरियाका करिब३५ हजार नागरिकलाई औषधी सेवन गराइने छ।

कार्यक्रमको सहजीकरण बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख कैलास रावतले गर्नु भएको थियो।

 

उक्त दिन २० जना व्यक्तिले हात्तिपाइले रोगको औषधी खाएर कार्यक्रमको सुरुवात गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट