कैलाली
बास नेपाल कैलाली शााखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले सहिद दिवसको अवसरमा गौरीगंगा नगरपालिका ६ बनबेहडामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गौरीगंगा नगरपालिकाका उप–प्रमुख भोजबहादुर बमले शहिदले परिवर्तका लागि दिएको बलिदानको सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । उनले बास नेपालले भ्रष्टाचार सुशासनको क्षेत्रमा काम गर्दै आएको एकमात्र अग्रणी संस्था भएको बताउदै निरन्तर खबरदारीमा लाग्न सबैलाई आग्रह गरे ।
गौरीगंगा नगरपालिका–६ का वडाध्यक्ष टेकबहादुर कुवरले सहिद दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरुले सहिदको सम्मान हुने बताए ।
कार्यक्रममा बोल्दै बास सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजाराले वीर सहिदहरु सम्मान स्वरुप रगतको अभावमा कसैको ज्यान जाने अवस्था नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
बास नेपाल कैलाली शाखा अध्यक्ष चिरञ्जीवी छेडालले बास नेपालले सहिद दिवसको अवसरमा देशभरनै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले बास नेपाल भ्रष्टाचार विरुद्ध काम गर्ने संस्था भएको बताउदै निरन्तर सामाजिक क्षेत्रमा कामहरु गर्दै आइरहेको बताए ।

कार्यक्रम वीर सहिद दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको तस्बिरमा टीका लगाएर उद्घाटन गरिएको थियो । भने कार्यक्रममा स्थानीय जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत युवाहरूको उपस्थिति रहेकोे थियो ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल युवा परिषद् र ल्याण्डमार्क भिलेज रिसोर्टको सहकार्यमा सञ्चालन भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।